मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

सिरहामा सहिद हेमनारायण गोल्डकप आजदेखि सुरु, दुई लाख नगदसहित टक्कर दिन आठ टिम मैदानमा

राजा सलहेशको नाममा सुरु भव्य गोल्डकप: काठमाडौँदेखि वीरगञ्जसम्मका टिम सिरहामा भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा, १९ जेठ : सिरहा नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल सङ्घ सिरहाको प्राविधिक सहयोगमा सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।

सिरहा–७ स्थित सिरहा क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता यही जेठ २५ गतेसम्म सञ्चालन हुने आयोजक सलहेश युवा क्लब सिरहाले जनाएको छ ।

‘युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगितामा स्थानीय र राष्ट्रियस्तरका गरी आठ टिमको सहभागिता हुने गोल्डकपका संयोजक राजीपकुमार यादवले बताउनुभयो । उहाँका अनुसार चित्लाङ फुटबल क्लब काठमाडौँ, चत्या सा फुटबल क्लब झापा, न्यू स्टार युथ क्लब सुनसरी, वीरगञ्ज युनाइटेड पर्सा, बागमती युवा क्लब सर्लाही, गाईघाट फुटबल क्लब उदयपुर, गोलबजार स्पोट्र्स क्लब सिरहा र आयोजक सलहेश युवा क्लब सिरहाले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमले नगद रु दुई लाख, उपविजेताले रु एक लाखसहित गोल्डकप ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता नगद पुरस्कार र ट्रफीसहित सम्मानित गरिने बताइएको छ ।

सिरहा जिल्लाबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुका साथै राजा सलहेशको नामलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यले बर्सेनि प्रतियोगिता सञ्चालन गर्दै आएको सलहेश युवा क्लबका अध्यक्ष यादवको भनाइ छ । राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार