काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मन्त्री खड्काले सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।
‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तेकिएकै समयमा सक्नेगरि लाग्नुस्,’काम गर्ने स्पिड बढाउनुस्, कार्यप्रगतिकोआधारमाबजेटकोअभाबहुँदैन,’मन्त्री खड्काले भने ।
उर्जामन्त्री खड्काले आयोजनाको १३.२किलोमिटरसुरूङनिर्माणसकिएकोलेअबहेडवक्सकोकामतिव्रगतिमासक्नठेकदारकम्पनीलाईनिर्देशनदिए।
उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिचाई हुने र ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकोले सबै मिलेर काम गर्नुपर्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया