श्रावण ४, २०८२ आइतबार July 20, 2025

अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच भेटवार्ता

आर्थिक क्षेत्रका विविध विषयहरूमा गहन छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १९ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को मिसन प्रमुख सरवत जहानबीच आज शिष्टाचार भेटवार्ता भएको छ। सोमबार बिहान अर्थ मन्त्रालयमा भएको उक्त भेटमा आर्थिक क्षेत्रका विविध विषयहरूमा गहन छलफल गरिएको हो।

भेटका क्रममा मन्त्री पौडेल र मिसन प्रमुख जहानबीच नेपाल र आइएमएफबीच जारी आर्थिक सहकार्यको छैठौं समीक्षासम्बन्धी विषयहरू, संरचनागत सुधार, वित्तीय स्थायित्व, नीति सुधार तथा दिगो आर्थिक विकासका सम्भावनाहरूका बारेमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ।

छलफलमा मन्त्री पौडेलले नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै IMF जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको साथ र सहकार्यबाट नेपालले आवश्यक सुधार कार्यक्रमहरू अघि बढाइरहेको जानकारी गराएका थिए।

यसअघि नेपालले आइएमएफसँगको विस्तारित कोष सुविधा (Extended Credit Facility) अन्तर्गतको आर्थिक कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्दै आएको छ। छैठौं समीक्षा उक्त कार्यक्रमको निरन्तरता र प्रभावकारिता मूल्याङ्कनको सन्दर्भमा महत्वपूर्ण मानिएको छ।

भेटमा दुवै पक्षले पारस्परिक सहयोग र विश्वासलाई अझ सुदृढ गर्दै आगामी दिनमा आर्थिक स्थायित्वका उपायहरूलाई प्राथमिकता दिने सहमति जनाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया