असार २१, २०८२ शनिबार July 5, 2025

मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम थाइल्याण्डसँग पराजित

नेपालले २९ जुनमा लाओस, २ जुलाईमा श्रीलंका र ५ जुलाईमा उज्बेकिस्तानसंग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम थाइल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको छ । थाइल्याण्डको थामासात स्टेडियममा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा थाइल्याण्डले दोस्रो हाफमा दुई गोल गरेको थियो । थाइल्याण्डले खेलको ५९औ र ७३औं मिनेटमा गोल गरेको थियो । फिफाको महिला फुटबलको वरियतामा थाइल्याण्ड ४७औं स्थानमा छ भने नेपाल ९९औ स्थानमा रहेको छ ।

नेपाली महिला टिमले अस्ट्रेलियाका एएफसी महिला एसिया कप–२०२६ छनोटका तयारीका निम्ति थाइल्यान्डविरुद्ध दुई मैत्रीपूर्ण खेलेको हो ।यो खेलपछि नेपालले यसपछि नेपालले एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल समूह ‘एफ’मा छ ।

यस समूहमा नेपालसँगै श्रीलंका, लाओस र उज्वेकिस्तान रहेका छन् ।उज्बेकिस्तानमा हुने छनोट खेलमा नेपालले २९ जुनमा लाओस, २ जुलाईमा श्रीलंका र ५ जुलाईमा उज्बेकिस्तानसंग खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया