असार २०, २०८२ शुक्रबार July 4, 2025

आइपीएल बिजेता बैंग्लरूले २० करोड लैजादाँ अरूले कति पाए रकम ?

सबैभन्दा बढी चौका हान्ने मुम्बईका सूर्यकुमार यादव प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २१ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ च्याम्पियन बनेको छ ।

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औं सिजनको उपाधि जितेको हो ।

आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भएपनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो ।

उपाधि जिते पछि आरसीबीले २० करोडको विजेता ट्रफीसहितको पुरस्कार पाएको छ भने जबकी उपविजेता पञ्जाव किंग्सले  १२.५ करोडमा सन्तुष्ट हुन बिबश भयो ।

तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ करोड र चौथो स्थानमा रहेको गुजरात टाइटन्सले ६ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको छ ।

अरूण जेटली स्टेडियमले पिच एन्ड ग्राउन्ड अवार्डमार्फत ५० लाख पाउँदा प्लेअर अफ दि टुर्नामेन्ट सुर्यकुमार यादव भए, उनले १५ लाख पाए ।

सिजनमा सर्वाधिक ७५९ रन बनाउने गुजरातका साई सुदर्शनले ओरेन्ज क्यापसहित १० लाख रूपैयाँ पाए भने सर्वाधिक २५ विकेट लिने प्रसिद्ध कृष्णले पर्पल क्यापसहित १० लाख रूपैयाँ पाए । १४ वर्षीय वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर चुनिए ।

गुजरातका ओपनर साई सुदर्शनले अधिकतम व्यक्तिगत अवार्ड पाए । ओरेन्ज क्याप बाहेक उनले अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (चौका) को अवार्ड पनि पाए।

सबैभन्दा बढी चौका हान्ने मुम्बईका सूर्यकुमार यादव प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर बने भने सबैभन्दा बढी छक्का हान्ने निकोलस पुरन, ग्रिन डाट बाल मोहम्मद सिराज र कैच अफ दी सिजन कमिंदु मेंडिसले पाए । सबैले १०–१० लाख रकमसमेत प्राप्त गरे । न्युजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार