कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकताः उपराष्ट्रपति यादव

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दा गएको र वनक्षेत्रको विनाशले जैविक विविधतामा खतरा निम्त्याएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २२ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दा गएको र वनक्षेत्रको विनाशले जैविक विविधतामा खतरा निम्त्याएको उल्लेख गर्नुभयो । शुभकामना सन्देशमा भनिएको छ, “नदी तथा जलस्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ । अतिवृष्टि, अनावृष्टि, खडेरी, सुक्खाग्रस्त समस्याको चपेटामा हामी पर्दै गएका छौँ । तराई–मधेस क्षेत्रमा त भूमिगत पानीका स्रोतहरू सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल गइसकेको अवस्था छ ।”

उपराष्ट्रपति यादवले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि जलवायु परिवर्तनका विविध असरले निकै समस्या उत्पन्न भइरहेको भन्दै यसविरुद्ध सबैको सहकार्य जरूरी रहेको उल्लेख गर्नुभएको छ । “हाल हिमालको हिउँ पग्लने, नदीहरूमा प्रदूषण, वायु प्रदूषण, वन विनाश, चुरे विनाशजस्ता गम्भीर चुनौती देखापरेका छन् । कतिपय ठाउँमा इनार, कुवा, चापाकललगायतमा पानी आउनै छाडेको छ, यस सन्दर्भमा स्थानीय सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीचको सहकार्य अनिवार्य छ ।”

प्रत्येक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को नेतृत्वमा मनाइने विश्व वातावरण दिवस—२०२५ को मूल नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य’ रहेको छ । उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जा स्रोत प्रवर्द्धन, वन्यजन्तु तथा जैविक विविधताको सुरक्षा सुनिश्चित, कृषि तथा औद्योगिक उत्पादनमा वातावरणमैत्री प्रविधि अपनाउने र व्यक्तिगत तथा सामुदायिक तहमा वातावरण संरक्षणका पहलहरूलाई प्रोत्साहित गर्ने कार्यमा जोड दिन जरूरी रहेको पनि बताउनुभएको छ ।

पर्यावरण संरक्षण सरकारको मात्र जिम्मेवारी नभएर हामी सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै उहाँले हरेकले आफ्नो दैनिक जीवनमा साना परिवर्तनहरू गरेर पनि वातावरण सुधारमा महत्वपूर्ण योगदान पु¥याउनसक्ने उल्लेख गर्नुभयो । “खासगरी, वृक्षरोपण अभियानलाई प्राथमिकता दिने, पानी तथा ऊर्जाको बचत गर्ने एवं सरसफाइ तथा वातावरणमैत्री प्रविधि अपनाउन सक्नुपर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

वातावरण संरक्षणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण भएपनि युवाहरूको भूमिका झनै बढी भएको उहाँको भनाइ छ । युवाले पर्यावरण संरक्षणमा नवीनतम समाधानहरू खोज्न, जागरूकता अभियान सञ्चालन गर्न तथा सकारात्मक व्यवहार परिवर्तनको नेतृत्व लिन सक्ने उहाँको विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार