असार २०, २०८२ शुक्रबार July 4, 2025

पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु

प्रतियोगितामा महिला २२ र पुरुष ४८ गरी कुल ७० जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, २३ जेठः पोखरा रङ्गशालामा आजदेखि पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो ।

पोखरामा यसअघि ‘आउटडोर’ च्याम्पियनसिप भए पनि रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा ‘इन्डोर’ पहिलोपटक गरिएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित कोशी, बागमती र गण्डकी प्रदेशका खेलाडी सहभागी छन् ।

प्रतियोगितामा महिला २२ र पुरुष ४८ गरी कुल ७० जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिनुभयो ।

प्रतियोगितामा ‘रिकर्व’ महिला-पुरुष, ‘रिकर्व टिम इभेन्ट’, ‘रिकर्व मिक्स इभेन्ट’, ‘कम्पाउण्ड’, महिला र पुरुष ‘इन्डिभिजुअल’, ‘स्टाण्डर्ड’ महिला÷पुरुष ‘इन्डिभिजुअल’, ‘स्टाण्डर्ड मेन्स टिम इभेन्ट’ र ‘मिक्स इभेन्ट’ गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुने शेरचनले बताउनुभयो ।

कार्यक्रममा सदस्यसचिव घिसिङले निर्धारित मितिमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्दा आर्चरीसहित अन्य खेलकुद प्रभावित बनेका बताउनुभयो । उहाँले प्राविधिक समस्याका कारणले तोकिएको मितिमा प्रतियोगिता नभएको उल्लेख गर्नुभयो ।

“राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुँदा तयारी गरिरहेका खेलाडीलाई समस्या परेको छ । हामी तयारीलाई पूर्णता दिएर प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्नेछौँ”, सदस्यसचिव घिसिङले भन्नुभयो ।

उहाँले इन्डोर प्रतियोगिताले खेलाडीभित्र रहेको क्षमता प्रदर्शनका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । घिसिङले १९औँ एसियाली खेलकुदमा पनि नेपाली खेलाडीको सहभागिताले नेपालको आर्चरी खेलले प्रशंसा पाएको बताउनुभयो ।

गण्डकी प्रदेशसभाका सांसद विकल शेरचनले ‘इन्डोर’ आर्चरीले गण्डकी प्रदेशको आर्चरी खेलको विकासमा सहयोेगी पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता यही जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकी तथा नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार