श्रावण ३, २०८२ शनिबार July 19, 2025

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

अभ्यास कार्यमा करिव दुई सय ५० जनाभन्दा बढी स्थानीयको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्लाका तीनवटै सुरक्षा निकायले शुक्रबार संयुक्त रुपमा गौर नगरपालिका–४ स्थित बरहवा तालमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तराई–मधेशमा मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक सतर्कता अपनाउनका लागि विपद् प्रतिकार्य अभ्यास गरिएको बताउनुभयो । “विपद्को उच्च जोखिमयुक्त जिल्ला भएकाले विपद् प्रतिकार्य अभ्यास गरिएको हो”, उहाँले भन्नुभयो ।

विपद् प्रतिकार्य अभ्यासमा नेपाली सेनाको नारायण दल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हेड क्वाटर तथा विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संयुक्त टोलीबाट मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी, उद्धार सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटरबोट तथा पुलबाट उद्धार प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्यको अभ्यास लगायत गरिएको थियो ।

रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले वर्षायाममा सम्भावित हुनसक्ने विपद्जन्य घटनालाई न्यूनीकरण गर्नका लागि सो अभ्यास गरिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हेड क्वाटरका गणपति सन्तोषकुमार बस्नेतले यस्ता गतिविधिबाट विपद्मा उद्धार र राहतमा सघाउ पुग्ने बताउनुभयो । अभ्यास कार्यमा करिव दुई सय ५० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार