असार २८, २०८२ शनिबार July 12, 2025

उपत्यकाका तीन जिल्लामा २ सय ८ संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपत्यकामा शुक्रबार थप २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

प्रवक्ता गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा थपिएकाहरुमा काठमाण्डौंमा १ सय ८२, ललितपुरमा २५ र भक्तपुरमा १ जना रहेका छन् । गौतमका अनुसार काठमाडौं जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

यसअघि बिहीबार उपत्यकामा २ सय संक्रमित थपिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया