श्रावण ३, २०८२ शनिबार July 19, 2025

हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ : उपराष्ट्रपति यादव

धर्मको उद्देश्य त्याग, मन, वचन र कर्मको पवित्रता, अहिंसा, लोकहित, बुद्धि र विवेकबाट निर्धारित कर्ममार्गको महत्वलाई स्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवं सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गरेका छन् ।

बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “मानवता मानिसको मूल धर्म हो, यसको संरक्षण आवश्यक छ, धर्मको यो मूल मर्मको उपासना, आत्मसात र अंगिकार सबै मानव जातिले गर्न सक्नुपर्दछ ।”

उपराष्ट्रपति यादवले धर्मले समता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसले मानिसमा आध्यात्मिक रूपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्न सघाउ पुग्ने बताए । इस्लाम धर्ममा यो पर्व अत्यन्तै धूमधाम, प्रेम र भाइचाराका साथ मनाउने परम्परा रही आएको छ । बकरीदको नामले समेत मनाइने यो पर्वमा मुसलमानले पैगम्बर हजरत इब्राहिमको स्मरण गर्छन् ।

हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ । त्याग शब्दलाई इस्लामिक मान्यतामा कुर्बानी भनिन्छ । यस पर्वको मुख्य आधार र मान्यतामध्ये कुर्बानी पनि हो । यसको नैतिक अर्थ–मानिसले आफूभित्रका खराब आचरणलाई कुर्बानी दिनु (त्याग गर्नु) पनि हो । घमण्ड, रिस, राग, लोभ, बेईमानी र कट्टरता त्याग्ने सन्देश पनि यो पर्वले दिन्छ ।

पछिल्लो समय अन्य धर्ममा जस्तै इस्लाममा पनि केही कुरीति, कुसंस्कार, विकृति र विसंगति प्रवेश गरेकाले त्यसलाई परित्याग गर्न जरुरी छ । यसका लागि इस्लाम धर्मभित्र रहेका सकारात्मक दार्शनिक एवं आध्यात्मिक विचारलाई प्रचार–प्रसार गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उनले धार्मिक बुद्धिजीवि तथा समाजका अगुवाले यसका लागि अग्रसरता लिँदै यस धर्मको मूल उद्देश्य– प्रेम, शान्ति, सद्भाव, भाइचारा, सहिष्णुता र त्यागको पवित्र सन्देश फैलाउनुपर्ने आवश्यक पनि औँल्याएका छन्। उनले नेपालको विविध संस्कृति बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई दशकौँयता आत्मसात् गरेको एक सुन्दर समन्वय र सम्मिश्रण रहेको बताए ।

कुनैपनि धर्मले सबैखाले विभेद्को अन्त्य र नकारात्मक भावलाई निषेध गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले धर्मको उद्देश्य त्याग, मन, वचन र कर्मको पवित्रता, अहिंसा, लोकहित, बुद्धि र विवेकबाट निर्धारित कर्ममार्गको महत्वलाई स्थापित गर्नु भएको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार