श्रावण ३, २०८२ शनिबार July 19, 2025

दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य : पूर्वराष्ट्रपति भण्डारी

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयको परिसरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा परिवर्तन अनुभूत गराउन दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

झापाको बिर्तामोडमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै जनस्तरमा परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “अबको हाम्रो प्रमुख गन्तव्य भनेको जनताको जीवनस्तरमा प्रत्यक्ष एवम् सकारात्मक परिवर्तन अनुभूत गराउने दिगो आर्थिक समृद्धि हासिल गर्नु हो । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्नु हो ।”

राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर मात्र ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उहाँले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले राज्यका तर्फबाट विज्ञान, प्रविधि र गणित शिक्षालाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

“विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरूमा पर्याप्त साधन स्रोतसहित प्रयोगशाला, दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व हो । नेपालमा मुलुकका लागि चाहिने अत्यन्तै उपयोगी प्राकृतिक स्रोत र सम्पदाहरू प्रचुर रूपमा उपलब्ध छन्”, उहाँले भन्नुभयो“प्राकृतिक स्रोतसाधनको दिगो र अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धिका साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । त्यसैले अबको शिक्षा प्रणालीको मूल लक्ष्य अनुसन्धान, प्रयोग, आविष्कार, प्रविधि र सिर्जनामार्फत राष्ट्रिय विकासमा योगदान पुर्‍याउने जनशक्ति निर्माणमा केन्द्रित हुने हुनुपर्छ ।”

जेठ २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयको परिसरमा भइरहेको छ ।

कार्यक्रममा कोशी प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालयले आफ्ना विद्यार्थीद्वारा निर्मित वैज्ञानिक प्रयोगका सामग्री प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु चार लाख, रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्रदान गरिने आयोजक विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार