पेरिस । अमेरिकी टेनिस खेलाडी कोको गौफले फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी छिन्।
फाइनलमा कोको गौफले महिला टेनिस वरियतामा नम्बर एक बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरेकी छन् ।गौफले पहिलो सेट ६-७ ले हारेकी थिइन् । तर त्यसपछि उनले बलियो पुनरागमन गरिन् ।
दोस्रो सेटमा गौफले साबालेन्कालाई ६-२ ले पराजित गरिन् ।अन्तिम सेटमा साबालेन्काले गौफलाई चुनौती दिने प्रयास गरिन् । तर अन्तिम सेट ६-४ ले जितेर गौफ फ्रेन्च ओपन च्याम्पियन बनेकी छन् । २१ बर्षिय गौफको यो दोस्रो सिंगल ग्राण्ड सलाम उपाधि हो । यस अघि उनले २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया