असार २०, २०८२ शुक्रबार July 4, 2025

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु ५०–५० हजार नगद पुरस्कार हात पारे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, २५ जेठः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गरिन् । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरे भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।

त्यसैगरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८ सेकेन्ड, तेस्रो हुने मिङमार सिङ्गी तामाङले ३१ मिनेट ५७ सेकेन्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट सात सेकेन्ड र पाँचौँ स्थान हासिल गर्ने युवकराज बुढाले ३३ मिनेट २६ सेकेन्डमा उक्त दूरी पार गरे ।

महिलातर्फ दोस्रो हुने दीपा परियारले ३७ मिनेट ५३ सेकेन्ड, तेस्रो हुने सिर्जना पाण्डेले ३८ मिनेट २७ सेकेन्ड, चौथो हुने आशा रावतले ३९ मिनेट ५३ सेकेन्ड र पाँचौँ हुने राज्यलक्ष्मी रावतले ४० मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गरिन् । प्रतियोगितामा महिला–पुरुषतर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्नेलाई क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिए ।

त्यसैगरी अठार वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ पहिलो रमेश बुढा, दोस्रो पुरण सिंह, तेस्रो रमेश शाही, चौथो भूपेन्द्र कँडेल र पाँचौँ हेमन्त नेपालीलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु ३ हजार नगद पुरस्कार प्रदान गरियो ।

अठार वर्षमुनिका महिलातर्फ प्रथम हुने कल्पना बुढा, दोस्रो सन्देला बुढा, तेस्रो निरुता ढकाल, चौथो सृष्टि जोशी र पाँचौँ स्थान हासिल गर्ने निर्मलाकुमारी खड्कालाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । ‘सबैका लागि खेल’ नारासहित खेलकुदको प्रवर्द्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार