असार २०, २०८२ शुक्रबार July 4, 2025

भरतपुर मेयरकप फुटबलको दोस्रो संस्करण सोमबारदेखि

पहिलो चरणबाट २४ वटा विद्यालय छनोट भएर दोस्रो चरणमा पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । भरतपुर मेयरकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि सुरु हुने भएको छ ।

पालिकाभित्रका ७५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिता चार वटा खेल मैदानमा हुनेछ । चितवन जिल्ला फुटबल सङ्घको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता गर्न लागिएको हो । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगिता दुई चरणमा गरिने सङ्घका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो ।

आगामी असार ४ गतेसम्म छनोट चरणका खेल हुनेछन् । ढकालका अनुसार पहिलो चरणबाट २४ वटा विद्यालय छनोट भएर दोस्रो चरणमा पुग्नेछन् । १७ वर्ष मुनिका खेलाडीको सहभागिता रहने प्रतियोगिता ८० मिनेट खेलाइनेछ ।

भरतपुर महानगरपालिका–७ मा रहेको कृष्णपुर खेलमैदान, वडा नं १२ मा रहेको रामबेल खेलमैदान, वडा नं १४ को सुन्दरबस्ती खेलमैदान र वडा नं ५ मा रहेको स्मल हेभेन बोर्डिङको खेल मैदानमा पहिलो चरणका खेल हुनेछन् ।

भरतपुर मेयरकप फुटबल लिगमा महानगरका एक हजार ४०० भन्दाबढी युवा खेलाडीको सहभागिता रहनेछ । असार १४ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख खर्च हुने अनुमान सङ्घले गरेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असार ४ गते हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार