काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले आज आफ्नो तेस्रो खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
खेल स्कटल्याण्डको फोर्थहिल डुन्डीमा नेपाली समय अनुसार अपराह्न ३: ४५ बजेबाट सुरु हुनेछ।
नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो । त्यसपछि नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै नेपाल प्रतियोगितामा अपराजित रहन सफल भएको छ।
सिरिजको अन्तिम खेल नेपालले यही बिहीबार नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया