असार २०, २०८२ शुक्रबार July 4, 2025

नेसन्स लिगको फाइनलमा भिड्दै स्पेन र पोर्चुगल

प्रतियोगितामा आजै तेस्रो स्थानका निम्ति जर्मनी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यूईएफए नेसन्स लिगको फाइनलमा आज साविक विजेता स्पेनसामु पोर्चुगलले चुनौती प्रस्तुत गर्दै छ ।

पोर्चुगल सन् २०१९ को नेसन्स लिग च्याम्पियन टोली हो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सेमिफाइनलमा बलियो टोली जर्मनीविरुद्ध २–१ को जित निकालेको थियो ।

प्रतियोगिताको साविक विजेता स्पेनले सन् २०२३ मा उपाधि जितेको थियो । स्पेनले त्यसअघि २०२१ मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो । यो संस्करणको फाइनलसम्म आइपुग्दा स्पेनले अन्तिम चारमा सन् २०२१ को च्याम्पियन फ्रान्सविरुद्ध ५–४ को रोमाञ्चक जित निकालेको थियो ।जर्मनीको एलियन्ज रंगशालामा यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आजै तेस्रो स्थानका निम्ति जर्मनी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै छ । जर्मनीमा यो खेल नेपाली समयानुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार