असार २३, २०८२ सोमबार July 7, 2025

छानबिन समिति गठनबारे माओवादीको प्रस्ताव अस्वीकार, कांग्रेस–माओवादी छलफल निष्कर्षविहीन

दुवै पार्टीबीचको छलफल अब पुनः अर्को चरणमा पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ २५ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच आज संसद् भवन नयाँ बानेश्वरमा भएको छलफल निष्कर्षविहीन बनेको छ।

बैठकमा माओवादी केन्द्रले हाल चर्चामा रहेको भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसको समर्थन मागेको थियो। तर, कांग्रेस नेताहरूले उक्त प्रस्तावमा सहमति जनाउन अस्वीकार गरेका हुन्।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन र नेता शक्ति बस्नेत सहभागी थिए। नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।

बैठकपछि नेताहरूले कुनै स्पष्ट सहमति नजुटेको बताएका छन्। माओवादी केन्द्रले भिजिट भिसा दुरुपयोग सम्बन्धी प्रकरणमा गम्भीर अनुसन्धान आवश्यक रहेको भन्दै संसदीय समिति मार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिरहेको छ। तर कांग्रेसले हाललाई तत्काल छानबिन समिति गठन आवश्यक नभएको भन्दै आफ्नो अडान दोहोर्याएको छ।

भिजिट भिसा प्रकरणमा पछिल्लो समय सार्वजनिक चासो र राजनीतिक दबाब बढिरहेको छ। तर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले यस मुद्दामा स्पष्ट र औपचारिक धारणा लिन अझै तयार नदेखिएको विश्लेषण गरिएको छ।

दुवै पार्टीबीचको छलफल अब पुनः अर्को चरणमा पुग्ने सम्भावना रहेको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार