असार २०, २०८२ शुक्रबार July 4, 2025

नेपाली राष्ट्रिय फुटबल टोलीको लाओसमा अभ्यास शुरु

हङकङ्गसँगको बराबरी खेलेर हौसिएको नेपाली टोली च्याम्पिन्सीपको खेल हुनु तीन दिनअघि लाओसमा अभ्यास गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एशियन च्याम्पियन्सीप अन्तर्गत लाओसविरुद्धको खेल अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसमा अभ्यास शुरु गरेको छ ।

शुक्रबार राती लाओसको राजधानी भियन्तियनमा आइपुगेको नेपाली टोलीले शनिबारबाट अभ्यास गरेको हो । अभ्यासका क्रममा टोलीका कप्तान किरण चेम्जोङगले लाओसको वातावरण र मौसमलाई मध्यनजर गर्दै टोलीले अभ्यास शुरु गरेको जानकारी दिए ।

हङकङ्गसँगको बराबरी खेलेर हौसिएको नेपाली टोली च्याम्पिन्सीपको खेल हुनु तीन दिनअघि लाओसमा अभ्यास गर्ने वातावरण बन्नाले फाइदा पुग्ने उनको भनाई छ ।

यसअघि पनि लाओससँग खेलिसकेको हुँदा धेरै समस्या नहुने बताएका छन् । कप्तान चेम्जोङले खेलाडीमा भएका थकान मेटाउँदै अभ्यासबाट उर्जासहित घरेलु टोली लाओससंग प्रतिष्पर्धा गर्ने उल्लेख गरे । बलियो टोली हङकङ्गसँग खेल्दा नेपाललाई फाइदा पुगेको उनको भनाई छ ।

मैदानमा करिव २ घण्टा अभ्यास गरेको खेलाडीहरुलाई प्रशिक्षक म्याट रसले मानसिक र शारिरीक रुपमा तयार रहन आग्रह गरेका थिए । सोही क्रममा खेलाडीहरुले चर्को घाम र गर्मीसँगै अभ्यास गरेका थिए । नेपाली टोलीले जेठ २७ गते मंगलबार घरेलु टोली लाओससँग प्रतिष्पर्धा गर्दैछ ।

लाओससँग पछिल्लो ६ खेलमा नेपाली टोलीले ४ मा जित हात पारेको छ भने २ खेलमा बराबरीमा रोकिएको छ । यससँगै लाओसको मैदानमा नेपाली टोलीले दुई खेलमा १ मा जित र १ मा बराबरी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार