श्रावण ३, २०८२ शनिबार July 19, 2025

गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलाउने समाचारप्रति सचेत हुनुपर्दछ: मुख्यमन्त्री पाण्डे

नेता र दलहरूले गरेका गल्तीका लागि व्यवस्थाप्रति नै निराशा र वितृष्णा फैलने गरी प्रचारप्रसार गर्न नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलने समाचारप्रति सञ्चार जगत् सचेत हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजना र प्रदेश सरकारको सहयोगमा आजदेखि पोखरामा सुरु भएको मल्टिमिडिया तालिमको उद्घाटन गर्दै उहाँले नेता र दलहरूले गरेका गल्तीका लागि व्यवस्थाप्रति नै निराशा र वितृष्णा फैलने गरी प्रचारप्रसार गर्न नहुने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकारबाट समेत गल्ती हुन सक्दछ र त्यसका लागि दण्ड दिने व्यवस्था संविधानमा छ, जनताले दण्ड दिन सक्दछन् । गल्ती र कमजोरीलाई आत्मसात् नगरे जनताले निर्वाचनमा दण्ड दिन सक्दछन्, तर जनसङ्घर्षबाट फालिएको राजतन्त्र स्थापना गर्ने प्रयत्न भयो भने त्यो अवस्था रहँदैन ।”

उहाँले निरङ्कुशताको पहिलो सिकार जहिले पनि पत्रकारिता हुँदै आएको भन्दै जनताको मुख थुन्नुअघि पत्रकारिताको मुख बन्द गर्दै गरिँदै आएको इतिहास स्मरण गर्नुभयो । “आफूले आफैँलाई विसं २०५९ तिर लैजानुहोस्   र विगतको अनुभव गर्नुहोस् । पहिलो सिकार पत्रकारिता हुँदै आएको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले सरकारले प्रेस स्वतन्त्रताको सम्मान र आवश्यक नियमन भने गर्ने बताउनुभयो । उहाँले पत्रकारिता जगत्ले सकारात्मक सोच र केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । लोकतन्त्रको स्थापना गर्न सञ्चार जगत्को पनि महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रेस रजिस्ट्रार कार्यालयमार्फत मिडियाका लागि नवीनतम कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले प्रविधिको विकाससँगै सञ्चारकर्मीलाई दक्ष र सीपयुक्त बनाउनका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।

सोमबारसम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका ११ जिल्लाका ४० जना पत्रकारको सहभागिता रहेको प्रदेश समितिका महासचिव जमुना शर्माले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार