श्रावण ३, २०८२ शनिबार July 19, 2025

‘अन्तर्राष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

पाँचौँ संस्करणमा विश्वका ३० मुलुकबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’ बलियो आधार बनेको छ । यहाँ पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेलाका रूपमा स्थापित मार्टको पाँचौँ संस्करण हालै काठमाडौँमा सम्पन्न भएको छ ।

यही जेठ २० देखि २२ सम्म भएको मार्टले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, सहकार्य र दिगो पर्यटन विकासका लागि नयाँ मापदण्डसमेत स्थापित गरेको आयोजक प्यासिफिक ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ ।

मार्टको पाँचौँ संस्करणमा विश्वका ३० मुलुकबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागी र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकार भएकाहरूसहित ७०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

‘माउन्टेन, माइलस्टोन्स एण्ड मोमेण्टम’ भन्ने मूल नाराका साथ पाटा नेपाल च्याप्टरको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित मार्ट दिगो पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय पर्यटन सहकार्य प्रवर्द्धनमा फलदायी भएको पाटाले उल्लेख गरेको छ ।

मार्टले अन्तर्राष्ट्रिय क्रेता, बिक्रेता, सञ्चारकर्मी,  पर्यटन व्यवसायी, नीति निर्माता र सरोकार भएकाहरूको उत्साहजनक सहभागिताले मार्टलाई हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लेटफर्मको रूपमा पहिचान गराउँदै नेपाललाई ‘गेटवे टु द हिमालय’को रूपमा स्थापित गर्न सशक्त भूमिका खेलेको विज्ञप्तिमा जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारको सहकार्य र सहयोगमा आयोजित मार्टमा व्यावसायिक अन्तरक्रिया, ज्ञान आदानप्रदान सत्र, नेटवर्किङ, गन्तव्य अवलोकन भ्रमण, र सांस्कृतिक कार्यक्रमलगायत प्रस्तुत गरिएका थिए ।

मार्टको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई ‘गेटवे टु द हिमालय’ को रूपमा परिचित गराउँदै पाटा नेपालको स्वर्ण जयन्ती र माउण्ट अन्नपूर्णाको पहिलो सफल आरोहणको ७५औँ वार्षिकोत्सव जस्ता दुई ऐतिहासिक उपलब्धिको चर्चा गर्नुभयो । उहाँले दिगो, समावेशी र लचिलो पर्यटन भविष्य निर्माणका लागि सरकारको प्रतिबद्धता र सार्वजनिक–निजी साझेदारी तथा विश्वव्यापी सहकार्यको आवश्यकता औँल्याउनुभएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको दिगो पर्यटन दृष्टिकोण र अन्तर्राष्ट्रिय पर्यटकका लागि नयाँ परिपथ र विशेष अनुभव विकास गर्ने योजना प्रस्तुत गर्नुभयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाईंले नेपाललाई वर्षभर भ्रमणयोग्य गन्तव्यको रूपमा प्रवर्द्धन गर्न सकिने र सो स्थापित गर्नका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले ‘हिमाल, उपलब्धि र गति’ भन्ने मूल विषयमा आधारित रहेर विशेष वक्ताको रूपमा सम्बोधन गर्दै नेपालको पर्यटन विकासका आधारबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागी विदेशी पाहुनालाई परिचयात्मक भ्रमण गराइएको थियो । उनीहरूले काठमाडौँ, चितवन, पोखरा, पनौती, र धुलिखेलजस्ता गन्तव्यमा पुगेर नेपालका विविध अनुभव अवलोकन गर्नुका साथै भ्रमणबाट नेपालको सांस्कृतिक सम्पदा, वन्यजन्तु, सामुदायिक पर्यटन, साहसिक, स्वास्थ्य र अध्यात्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले बताउनुभयो । उहाँका अनुसार बीटुबी कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्लेषकले आध्यात्मिक, साहसिक, विलासी पर्यटन, सांस्कृतिक बौद्धिकता र समझदारी, दिगोपन, बजार प्रवृत्ति र विश्व पर्यटनको उदाउँदो अवसरबारे विचार आदान प्रदान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार