मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

मोहन वैद्यको आईसीयू कक्षामा उपचार हुँदै

त्रिवि शिक्षण अस्पतालको आइसीयू कक्षमा दम उपचार गराँउदै मोहन वैद्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, जेठ २५ गते । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को त्रिवि शिक्षण अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ । अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयराले वैद्यको गत जेठ १५ गतेदेखि आइसीयूमा उपचार भइरहेको जानकारी दिनुभयो।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई पुरानो दम समस्याको कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो। अक्सिजनको लेभल बेला–बेला तलमाथि हुनेगरेकाले उहाँलाई आइसीयूमै राखेर उपचार गरिएको चिकित्सकको भनाइ छ। गत पुसमा वैद्यलाई दमको समस्याले दुःख दिएर एक महिना शिक्षण अस्पतालमा राखेर उपचार गरिएको थियो ।

अस्पतालका प्रवक्ता एवम् सह–प्राडा. गोपाल सेडाईले वैद्यको जेठ १५ गतेदेखि दम तथा छाती रोग सङ्क्रमण भई सघन उपचार कक्ष (आईसियूमा) नेता वैद्यको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वैद्यको पल्मोनोलोजी एंव क्रिटिकल केयर विभागमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
नेपाल खुला विश्वविद्यालयमा भर्ना खुल्यो, MBA का लागि २.५ CGPA अनिवार्य
२०८३ मंग्सिर ६, आइतबार
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
२०८३ मंग्सिर ६, आइतबार
Madhesh Province Chief Minister Saroj Kumar Yadav to Form All-Party Government
२०८३ मंग्सिर ६, आइतबार
चेपाङ विद्यालयका १३० विद्यार्थीलाई सांग्रिला बैंकको शैक्षिक सामग्री सहयोग
२०८३ मंग्सिर ६, आइतबार