मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न, दुई यू–१९ नेपाली खेलाडीलाई भारतमा प्रशिक्षणको अवसर

काठमाडौँमा पहिलो राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न, खेलकुद र कूटनीतिक सौहार्दता सुदृढ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आइतवार सम्पन्न भएको छ ।

प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासङ्घ, ‘कर्पोरेट हाउस’हरु र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने टोलीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव, दक्षिण एसिया महाशाखाको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो । एक हप्ताको उत्साहजनक र मैत्रीपूर्ण प्रतिस्पर्धापछि आज एक रोमाञ्चक फाइनल म्याचसँगै प्रतियोगिता सम्पन्न भएको हो ।

सो खेलमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिस्पर्धा ग¥यो । फाइनलपछि ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई सम्मान गरियो ।

साँझपख प्रतियोगिताको सफलताको उत्सव मनाउन रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राजदूत, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सम्मानित सदस्यहरुको उपस्थिति थियो । सौहार्दता र खेलकुद भावनालाई सुदृढ पार्दै सहभागी छवटै टोलीका सदस्यहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

राजदूतले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेटरहरुलाई क्रिकेट किटहरु हस्तान्तरण गर्नुभयो । सोही अवसरमा भारतीय राजदूतावास, काठमाडौँले ‘नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप’ को घोषणा गर्नुभएको छ ।

जसअन्तर्गत नेपालबाट दुई जना युवा क्रिकेटरहरुलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको कोचिङ प्राप्त गर्ने अवसर प्रदान गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार