श्रावण ३, २०८२ शनिबार July 19, 2025

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

खानेपानी आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताउनुभएको छ ।

आज खानेपानी मन्त्रालय सिंहदरबारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गरिने बताउनुभयो ।

खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिका लगायत सबै सरोकारवालाहरूको साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।

आजको उक्त छलफलले सकारात्मक परिणाम स्वरूप, आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिकामा सञ्चालन गरिने खानेपानी आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

आजको उक्त छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार