श्रावण ३, २०८२ शनिबार July 19, 2025

अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिने

आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली, २६ जेठः नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न सङ्घ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उहाँले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताउनुभयो ।

गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताउनुभयो । जसअन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उहाँले अवगत गराउनुभयो ।

उहाँले भन्नुभयो, “सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।” गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार