असार २२, २०८२ आइतबार July 6, 2025

ताप्लेजुङका चार खेलाडी राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि छनोट

समिरको स्वर्ण प्रदर्शनसहित ताप्लेजुङले प्रदेशस्तरीय प्रतियोगितामा ११ पदक हात पार्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, जेठ २७ गते। कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय स्तरका प्रतियोगिताका लागि छनोट भएका छन्। विराटनगरमा जेठ २४ देखि २६ गतेसम्म सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरू राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन्।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र माबो गणेशका अनुसार छनोट हुने खेलाडीहरूमा मैवाखोला गाउँपालिकाका समिर र मनिता तामाङ, फुङलिङ नगरपालिकाका सविन विश्वकर्मा तथा मेरिङदेन गाउँपालिकाका कैलाश लिम्बू रहेका छन्।

तीन हजार मिटर दौडमा समिरले स्वर्ण पदक जितेका छन् भने १५ सय मिटर दौडमा रजत पदक हात पारेका छन्। उनी राष्ट्रिय प्रतियोगितामा तीन हजार मिटर दौडका लागि छनोट भएका हुन्। यस्तै, मनिता तामाङ कबड्डी प्रतियोगितामा छानिएकी छन्।

फुङलिङ नगरपालिकाका सविन विश्वकर्माले आठ सय र चार सय मिटर दौडमा क्रमशः दुई रजत पदक जित्दै राष्ट्रिय प्रतिस्पर्धाको टिकट पाएका छन्। भलिबलतर्फ मेरिङदेनका कैलाश लिम्बू छनोट भएका छन्।

छनोट भएका चारै जना खेलाडीलाई विराटनगरबाटै काठमाडौँ पठाइएको छ, जहाँ जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुनेछ। बाँकी खेलाडी भने जिल्ला फर्किएका छन्।

ताप्लेजुङले यो पटक प्रदेशस्तरीय प्रतियोगितामा कुल ११ पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ। प्राप्त पदकहरूमा १ स्वर्ण, ६ रजत र ४ कांस्य पदक छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार