कार्तिक २५, २०८३ बुधबार November 11, 2026

बिना टेन्डर करोडौंको लिफ्ट जडानको आरोपमा मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं महानगरमा लिफ्ट खरिद अनियमितता आरोप, बालेन साहमाथि छानबिनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध बिना प्रतिस्पर्धा करोडौंको लिफ्ट जडान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। अभियान्ता युवराज सफलले सार्वजनिक खरिद ऐन र नियमावलीको उल्लंघन गर्दै अपारदर्शी रूपमा लिफ्ट खरिद गरिएकाले अख्तियारमा उजुरी दिएका हुन्।

सफलले सामाजिक सञ्जालमार्फत मेयर साहविरुद्ध उजुरी दर्ता गरिएको जनाउँदै भनेका छन्, “केही महिनाअघि काठमाडौं महानगरपालिकामा बिना प्रतिस्पर्धा, बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट जडान गरिएको छ। विशेषत: सो लिफ्ट मेयर बालेन्द्र साहकै लागि भनेर महानगर स्रोतले जनाएको छ।”

उजुरीमा लिफ्टको आवश्यकतालाई होइन, खरिद प्रक्रियाको अपारदर्शिता र कानुनविपरीतको कार्यशैलीमाथि प्रश्न उठाइएको छ। सफलको भनाइमा, सार्वजनिक निकायले कुनै पनि खरिद वा निर्माण कार्य गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम प्रतिस्पर्धात्मक टेन्डर प्रक्रियाबाट अघि बढ्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै त्यसको उल्लंघन भएको छ।

“यसै आधारमा मैले अख्तियारमा उजुरी दिएको छु। उक्त लिफ्ट जडानसम्बन्धी टेन्डर, निर्माण कम्पनीको विवरण, भुक्तानी विवरण, बिल भौचरलगायत सम्पूर्ण कागजात झिकाई अनियमितता भएको छ कि छैन भन्नेबारे सत्यतथ्य छानबिन गरी कारवाही गरियोस्,” उजुरी पत्रमा उल्लेख छ।

यस विषयमा हालसम्म मेयर साह वा काठमाडौं महानगरपालिकाले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। सार्वजनिक खर्चमा पारदर्शिता र जवाफदेहिताको सवालमा उठेको यो मुद्दाले अब के मोड लिन्छ भन्नेमा आम नागरिकको चासो बढेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार