काठमाडौं, जेठ २९ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हालै एक सूचना जारी गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा सहभागी हुने विद्यार्थीहरूको आन्तरिक मूल्यांकन विवरण समयमै प्रविष्ट गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ।
पत्रमा उल्लेख गरिएअनुसार, केही विद्यालयहरूले आन्तरिक मूल्यांकन विवरण अनलाइन सफ्टवेयरमा प्रविष्ट नगरेको पाइएकाले प्रवेशपत्र प्रकाशनमा ढिलाइ हुनसक्ने चेतावनी दिइएको छ। कार्यालयले आगामी असार ६ गतेभित्र मूल्यांकन विवरण अनिवार्य रूपमा प्रविष्ट गर्न अनुरोध गरेको छ।
यदि सो म्यादभित्र विवरण प्रविष्ट नगरिएमा प्रवेशपत्रसम्बन्धी कार्यमा समस्या आउन सक्ने भएकाले विद्यालयहरू आफैँ जिम्मेवार हुने सूचनामा उल्लेख गरिएको छ। साथै, मूल्यांकन प्रविष्टिका लागि आवश्यक सहयोग र समन्वयसमेत विद्यालयहरूले समयमै गर्नुपर्ने उल्लेख छ।
सूचना हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया