असार २५, २०८२ बुधबार July 9, 2025

सञ्चालन हुन नसकेका उद्योगले बीमाको प्रिमियममा छुट पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: लकडाउनको अवधिमा सञ्चालन हुन नसकेका उद्योगले बीमाको प्रिमियममा छुट पाउने भएका छन् ।

कोरोना महामारीका बेलामा सबै उद्योग व्यवसायमा परेको संकटमा निर्जीवन बीमा कम्पनीहरुले छुट दिने भएका हुन । निर्जीवन बीमाको शुल्कमा लकडाउनको ८३ दिनसम्मको प्रिमियममा ३३ प्रतिशत छुट दिने निर्णय भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताए ।

८३ दिनको प्रिमियममा एक तिहाई प्रिमियम छुट दिदा ३३ प्रतिशत छुट पाउछन कार्यकारी निर्देशक पौडेलले भने । उक्त अवधिमा कुनै हुलदंगा पनि नभएकोले थप २ प्रतिशतसहित ८३ दिनको प्रिमियम शुल्कको ३५ प्रतिशत छुट दिने सहमति व्यवसायी र बीमा कम्पनीले गरेका हुन उनले भने ।

लकडाउनको बेलामा उद्योग सञ्चालन नभएकाले उक्त अवधिमा उद्योगमा जोखिम कम हुन भएकाले उक्त जोखिम बीमाको प्रिमियममा छुट दिन समितिले बीमा कम्पनीहरुलाई समितिले भनेको उनले भने । उक्त हुलदंगा, आगलागी लगायतका बीमा शुल्कमा ५० प्रतिशतसम्म छुट दिन बीमा कम्पनीहरुले भनेको उनले बताए ।

अहिले बीमा नवीकरण गर्दा बीमितले ८३ दिनको प्रमियममा ३३ मा २ प्रतिशत थप गरि ३५ प्रतिशत छुट पाउनेछन्। यदि कसैले प्रिमियम तिरिसकेको भए अर्कोपटक नवीकरण गर्दा यो ३५ प्रतिशत प्रिमियममा छुट पाउनेछन्।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बीमा समितिसँग छलफल गरेपछि लकडाउनका कारण ८३ दिनसम्म कुनै जोखिम बहन गर्नु नपरेको र उक्त अवधिमा कुनै हुलदंगा पनि नभएकाले सबै निर्जीवन बीमामा उक्त अवधिको प्रिमियममा ३्र३ प्रतिशत छुट दिने सहमति भएको समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार