श्रावण १४, २०८२ बुधबार July 30, 2025

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकाले जित्यो

संस्करणको विजेता दक्षिण अफ्रिकाले ३ दशमलव ६ मिलियन अमेरिकी डलर जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को ऐतिहासिक उपाधि दक्षिण अफ्रिकाले जीतेको छ । बेलायतको लड्र्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले पूर्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हरायो । उपाधि जित्न दुई सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो पारीमा पाँच विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका लागि ओपनगर ब्याटर एडेन माक्ररमले एक सय ३६ रनको शतकीय पारी खेले । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन, कप्तान प्याट कमिन्स र जोश हेजलवुडले समान एक विकेट लिए ।

अस्ट्रेलियाले समग्रमा दुई सय ८२ रन बनाएको थियो । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेता दक्षिण अफ्रिकाले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेता अस्ट्रेलियाले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

सन् २०१९ देखि शुरू भएको पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराउँदै तथा दोस्रो संस्करणमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै उपाधि जितेका थिए । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार