असार २८, २०८२ शनिबार July 12, 2025

सर्लाहीमा कोरोना संक्रमणबाट थप एक जना महिलाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीमा कोरोना भाईरस संक्रमण बाट फेरी थप एक जनाको महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका वडा नं. -१२ घर भै लालबन्दी वडा नं.७ बजारमा मम होटल ब्यबसाय गर्दै आएकी अन्दाजी ३८ बर्षीय महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

हल्का ज्वरो रुघाखोकी आएपछि एक हप्ता अघि काठमाडौंको ओम हस्पिटलमा भर्ना भएकी ती महिलाको स्वासप्रस्वासमा समस्या भएको र राती नै उनको हस्पिटलमै ज्यान गएको पारिवारिक श्रोतलाई उदृत गर्दै वडा अध्यक्ष दुर्गा बहादुर आलेले बताए । यहाँबाट उपचारको लागि जानेबितिकै स्वाब टेष्ट गर्दा नेगेटिभ देखिएकी महिलामा पछिल्लो पटक भने कोरोना पोजेटिभ भएको पाइएको र किडनीले समेत काम गर्न छोडेको र कोरोना संक्रमणकै कारण ज्यान गएको अस्पताल श्रोतले जनाएको वडा अध्यक्ष आलेले बताए ।

कोरोना संक्रमणको कारण ज्यान गएको भनिए पनि नगरपालिकामा त्यस्तो कुनै आधिकारिक जानकारी न आएको लालबन्दी स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए । उता कोरोना पोजेटिभ कै कारण ज्यान गए पछि शवलाई काठमाडौमै नेपाली सेनाबाट दाह संस्कार गरिने भएको मृतकको परिवारीका श्रोतले बताएका छन् ।

शुक्रबार बिहान मात्र कोरोना भाइरसको संक्रमणबाट मलंगवा–३ निवासी ४६ वर्षीय एक व्यपारीको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो । योसँगै सर्लाहीमा कोरोना भाइरसबाट दुई जना महिला र दुई जना पुरुष गरी जम्मा ४ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया