श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि स्वास्थ्यमा सुधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ असार । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।

छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

शर्माले भने, “बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।” वैद्यलाई झण्डै १५ दिन सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराइएको थियो । हाल उनलाई वार्डमा सारिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया