श्रावण १४, २०८२ बुधबार July 30, 2025

नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ५३ रनको लक्ष्य

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुको सर्वाधिक ३५ रनको योगदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ असारः स्कटल्यान्डमा जारी टि २० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत अहिले जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो ।

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाए । त्यसैगरी विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक एक विकेट हात पारे । अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन् ।

यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा स्कटल्याण्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार