श्रावण १४, २०८२ बुधबार July 30, 2025

भारत, अस्ट्रेलिया र इङ्गल्यान्डले एक अर्काविरुद्ध पाँच दिने टेस्ट खेल्न पाउने

टेस्ट च्याम्पियनसिप २०२५–२७ को चक्र भने पुरानै ढाँचा अनुसार खेलाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिप २०२७–२९ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले केही परिवर्तन गर्ने भएको छ । आइसिसीले यो चक्रमा साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारी गरेको छ ।

भारत, अस्ट्रेलिया र इङ्गल्यान्डले भने एक अर्काविरुद्ध परम्परागत पाँच दिने टेस्ट खेल पाउने छन् ।

आइसिसीले पहिलो पटक सन् २०१७ मा द्विपक्षीय खेलका लागि चार दिने टेस्टलाई अनुमति दिएको थियो । २०१९ र २०२३ मा आयरल्यान्ड तथा गत महिला जिम्बावे विरुद्ध चार खेलको टेस्ट शृङ्खला खेलेको थियो ।

समय र लागतको कारणले गर्दा धेरै साना राष्ट्रले टेस्ट आयोजना गर्न इच्छा देखाउने गरेका छैनन् । तर, चार दिने टेस्ट हुँदा तीन हप्ताभन्दा कम समयमा तीन टेस्ट खेलको सम्पूर्ण शृङ्खला खेल्न सकिने आइसिसीले जनाएको छ ।

टेस्ट च्याम्पियनसिप २०२५–२७ को चक्र भने पुरानै ढाँचा अनुसार खेलाइने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार