श्रावण ११, २०८३ सोमबार July 27, 2026

सुनचाँदी व्यवसायीको मागप्रति प्रधानमन्त्रीको आश्वासन, आजदेखि पसल खुल्ने

व्यवसायीका मागबारे सम्बन्धित निकायसँग छलफल गरेर समाधानको बाटो खोज्ने प्रधानमन्त्री ओलीको आश्वासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ४ । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षहरू सहितको टोलीले मंगलबार प्रधानमन्त्रीलाई भेटी सरकारको हालको कर नीतिले व्यवसायमा परेको गम्भीर असरबारे जानकारी गराएका हुन्।

महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार प्रधानमन्त्री ओलीले व्यवसायीका मागबारे सम्बन्धित निकायसँग छलफल गरेर समाधानको बाटो खोज्ने आश्वासन दिनुभएको छ। प्रधानमन्त्रीले संवाद र सहकार्यबाट समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको भन्दै, “म मागका विषयमा बुझेर मिल्नेसम्मको उपाय निकाल्ने प्रयास गर्छु,” भन्ने धारणा राख्नुभएको वज्राचार्यले बताए।

व्यवसायीहरूको तर्फबाट भनिएको थियो कि विलासिता कर र उच्च भ्याटले नेपाली सुनचाँदी व्यवसाय धराशायी हुने खतरा बढेको छ। भारतसँगको भन्सार दर र कर प्रणालीको असमानताले नेपाली बजार प्रतिस्पर्धात्मक बन्न नसकेको भन्दै कर नीति पुनर्विचार गर्न आग्रह गरिएको थियो।

प्रधानमन्त्रीबाट सकारात्मक संकेत प्राप्त भएपछि व्यवसायीहरूले बुधबार (असार ४ गते) देखि बन्द रहेका सुनचाँदी पसलहरू पुनः सञ्चालन गर्ने निर्णय गरेका छन्। उनीहरूले विगत एक सातादेखि करको विरोधमा पसल बन्द गर्दै विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको थियो, जसले गर्दा व्यवसायीहरू आक्रोशित बनेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले-नेकपा सहकार्यमा नेता-कार्यकर्ता असन्तुष्ट
२०८३ श्रावण ११, सोमबार
आज श्रावणको दोश्रो सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ श्रावण ११, सोमबार
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार