कार्तिक २९, २०८३ आइतबार November 15, 2026

ॐ वैदिक संस्थाको स्मारिका विमोचन र धार्मिक उत्सव उत्साहपूर्ण ढंगमा सम्पन्न

लायन्स क्लब नयाँबजारका पूर्व अध्यक्ष सुवर्ण कडेलद्धारा वृद्ध तथा असक्त बुवाहरूलाई लौरो वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असार ४ । सनातन धर्म र संस्कृतिको जगेर्ना, संरक्षण तथा प्रवर्द्धनमा समर्पित संस्था ॐ वैदिक सनातन धर्म संस्था नेपालको ११औं वार्षिकोत्सव तथा स्मारिका विमोचन कार्यक्रम एक भव्य, गरिमामय र धार्मिक वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्ष संस्थाका संस्थापक तथा अध्यक्ष श्याम सुन्दर कंडेल रहनु भएको यो विशेष समारोहमा काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। उहाँको हातबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन र स्मारिका विमोचन गरियो ।

कार्यक्रमको विशिष्ट अतिथिद्वय  प्रतिष्ठित शिक्षाविद् प्रा. डा. मोहनप्रसाद तिमल्सिना र डा. रामहरि लामीछानेजस्ता विद्वान व्यक्तित्वहरूको उपस्थिति कार्यक्रमको गौरव वृद्धि गराउने महत्वपूर्ण पक्ष बन्यो। साथै, विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू जस्तै बलराम लामिछाने (समयपर्व सुधार), गोविन्द पौडेल (नेवाः पुच, कलंकी), जगदीश्वर पोख्रेल (पञ्चकन्या मन्दिर), तथा कुलेश्वर समाज सुधार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।

करिब १५० जना धर्मप्रेमी श्रद्धालुहरूको उपस्थितिमा सम्पन्न उक्त समारोह क्रीपा भेन्यु, कलंकीमा आयोजना गरिएको थियो। कार्यक्रममा ॐ वैदिक सनातन धर्म संस्थाको भजन–कीर्तन समूहले प्रस्तुत गरेका सुमधुर भक्तिगीतहरूले वातावरणलाई दिव्य र आध्यात्मिक बनाएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा, लायन्स क्लब अफ काठमाडौँ नयाँबजारका पूर्व अध्यक्ष तथा मनोनीत को–चिफ लायन सुवर्ण कडेलले वृद्ध तथा असक्त बुवाहरूलाई लौरो वितरण गरी संस्थाको मानवतावादी पक्षलाई थप उजागर गर्नुभएको थियो।

कार्यक्रमको पूर्वसन्ध्यामा, कलंकी मन्दिर परिसरमा बिहान ७ बजेबाट चण्डीपाठ, रुद्रीपाठ तथा सत्यनारायण पूजा सम्पन्न गरिएको थियो। वैदिक परम्परा अनुसार विधिपूर्वक सम्पन्न पूजापाठमा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

संस्थाका अध्यक्ष कंडेलले स्वागत मन्तव्यमा संस्थाले विगत ११ वर्षमा सनातन धर्मको संरक्षण, ज्ञान प्रसार, सामाजिक समरसता र धार्मिक सद्भाव कायम राख्न खेलेको भूमिकाको समिक्षा गर्दै सबै सहयोगीहरूलाई हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यक्रमले सनातन मूल्य, मानवसेवा र धार्मिक चेतनालाई प्रवाह गर्ने उद्देश्यसहित भावी योजनाहरूको संकेत पनि दिएको छ। सम्पूर्ण सहभागीहरूले संस्थाको यशस्वी भविष्यको कामनासहित कार्यक्रमको भव्यता र सफलतामा प्रशंसा व्यक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार