काठमाडौँ, असार ४ गते। प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ गतेदेखि २१ गतेसम्मको लागि छ दिने स्पेन भ्रमणमा जानुहुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।
सरकारले प्रधानमन्त्रीको यो भ्रमणलाई नेपाल–स्पेन सम्बन्ध सुदृढ पार्न तथा कूटनीतिक, आर्थिक र सांस्कृतिक सहकार्यका क्षेत्रमा थप अवसर खोज्ने अवसरको रूपमा लिएको बताइएको छ।
मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासकी न्यायाधीश डा. शान्ता सेढाईलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारको पछिल्लो निर्णयहरू वैदेशिक सम्बन्ध विस्तार, न्यायिक क्षेत्रको व्यवस्थापन तथा सुरक्षा निकायको नेतृत्व सुदृढीकरणमा केन्द्रित रहेको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया