श्रावण ३, २०८२ शनिबार July 19, 2025

महानगर प्रहरी प्रमुख पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्ने बाटो खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न र कामकाज नियमित गर्न दिन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई जेठ २० गते छ महिनाका लागि निलम्बन गर्नुभएको थियो ।

उक्त निलम्बनविरुद्ध पाण्डेले बिहीबार उच्च अदालतमा उत्प्रेषणको रिट दायर गर्नुभएको थियो ।

निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन उच्च अदालतले अन्तरिम आदेशमा भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया