श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर र छवटा मन्त्रालयमाथि छलफलको कार्यसूची

कार्यसूचीअनुसार आजको बैठकले विनियोजन विधेयकमाथि विस्तृत छलफल र सुझाव संकलन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ६ गते । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार, हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। सोही प्रावधानअनुसार आजको बैठकमा सांसदहरूका प्रश्नका उत्तर दिने कार्यक्रम तय गरिएको हो।

साथै, बैठकमा चालू आर्थिक वर्ष २०८२/८३ का लागि पेस गरिएको विनियोजन विधेयक २०८२ अन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची समेत रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार निर्धारित कार्यसूचीअनुसार आजको बैठकले विनियोजन विधेयकमाथि विस्तृत छलफल र सुझाव संकलन गर्नेछ, जसका आधारमा आगामी दिनमा बजेट कार्यान्वयनको मार्गचित्र तय गरिने अपेक्षा गरिएको छ।

यी हुन् छलफलमा समावेश हुने मन्त्रालयहरू:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

युवा तथा खेलकुद मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया