असार २९, २०८२ आइतबार July 13, 2025

पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै हुन् । जिल्लाको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको उपचारमा संलग्‍न चिकित्सकले जानकारी दिए ।

मुटु , दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो।

त्यस्तै, गएराति वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का १ संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।

मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराई हस्पिटलमा लगेर भर्ना गरिएको थियो । योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया