असार २०, २०८२ शुक्रबार July 4, 2025

सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान गरेर पक्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा स्थानीयवासीले थप रु १६ लाख सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट विनियोजन गरेको पाउद्धार माविको स्टेज र खेलमैदान ढलान योजना सहयोग र श्रमदान जुटाएर सम्पन्न गरेका हुन् । उपभोक्ता समितिका सचिव हरिप्रसाद तिलिजाले पुरानो स्टेजलाई पुनर्निर्माण गर्नुका साथै खेलमैदान ढलान, बास्केटबलको फाइबर बोर्ड जडान, प्रवेशद्वार मर्मत सकिएको र प्यारापिट प्लास्टरको तयारी भएको जानकारी दिए ।

“रु तीन लाख बजेटले योजना अधुरो हुने भएपछि बेलायत, हङकङलगायत देशमा रहेका पाउद्धारवासीलाई सहयोगको अनुरोध गरेका थियौँ”, उनले भने, “विदेशमा रहेका पूर्वविद्यार्थीले आफूले पढेको विद्यालय र जन्मथलो सम्झिएर मन खोलेर सहयोग तथा गाउँमा भएकाले श्रमदान गरेपछि खेलमैदान बनाउन पनि सफल भएका हौँ ।”

सठ्ठाइस मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान गरेर पक्की बनाउनुका साथै बास्केटबलको फाइबर बोर्ड राखिएको छ । पाउद्धारको तीन वटा टोलका १३५ घरपरिवारले एकरएक दिनका दरले श्रमदान गरेका थिए ।

खेलमैदानको कुनातर्फ रहेको ३० मिटर लामो प्यारापिट पलास्टर गर्न सिमेन्ट र बालुवा ढुवानी गरिएको छ । गाउँपालिकाबाहेक रु १६ लाख सहयोग जुटेको सचिव तिलिजाले बताए। पाउद्धार मावि परिसरको स्टेजमा विद्यालयको भवन नभएको अवस्थामा ४० वर्षअघि खरीले पाटीमा लेखेर पढाउने गरिएको थियो ।

स्टेज र खेलमैदान निर्माण भएपछि औपचारिक कार्यक्रम सञ्चालनका साथै खेलअभ्यास गर्न सहज भएको पाउद्धार माविका प्रअ हेमन्त तिलिजा पुनले बताए। ३५ वर्षअघि म्याग्दी जिल्लामै पहिलोपटक ढलान गरिएको पाउद्धार माविको खेलमैदान पछिल्लो समय जीर्ण बनेको थियो । उक्त खेलमैदानमा पाउद्धारका प्रौढ, बालबालिका र किशोर किशोरीहरू हरेक साँझ समूह बनाएर भलिबल र बास्केटबल खेल अभ्यास गर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार