कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई विर्सन सकिदैन् : मन्त्री सिंह

राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्न जुलुस निकाल्ने महिला मंगलादेवी भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा भएको प्रतियोगिता निकै महत्वपूर्ण भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेशनल किक बक्सिङ्ग एसोसिएसनद्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगितामा उनले राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्न जुलुस निकाल्ने महिला मंगलादेवी भएको भन्दै उनको नाममा भएको प्रतियोगिताको निकै महत्व रहेको बताए।

उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा प्रतियोगिता भएको हो। उहाँ राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्नुपर्छ भनेर लाग्नु भएको व्यक्तित्व हो। त्यो बेला महिलाहरुलाई भोट हाल्ने अधिकार पुरुषसरह हुनुपर्छ भनेर र समाजलाई अगाडि बढाउनको लागि छोराहरुलाई मात्र होइन छोरीलाई पनि अगाडि बढाउनुपर्छ। महिलाहरुको लागि पनि विद्यालय खोल्नुपर्छ भनेर जुलुस निकालेर महिलाहरुको अधिकारको लागि मंगलादेवीले धेरै ठूलो योगदान गर्नुभएको थियो।’

यस्तै, उनले मंगलादेवीले महिलाहरुलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरुको अधिकार छोरासरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए।

आज भएको तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगिताले खेल क्षेत्रमा अझ उत्साह थप्ने पनि उनको भनाई छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार