कार्तिक २२, २०८३ आइतबार November 8, 2026

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित

संगठनको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार राति भएको मतदानबाट साही अध्यक्ष पदमा चुनिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ८ असार । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित भएका छन् । संगठनको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार राति भएको मतदानबाट साही अध्यक्ष पदमा चुनिएका हुन् ।

निवर्तमान उपाध्यक्ष कमला थापा र केन्द्रीय सदस्य यामबहादुर कुँवरसहित तीन जनाको अध्यक्ष पदका लागि प्रतिस्पर्धा भएको थियो । जसअनुसार अध्यक्षमा शाही चुनिएका हुन् ।

अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो। निवर्तमान उपाध्यक्ष कमला थापा र केन्द्रीय सदस्य यामबहादुर कुँवर अध्यक्षका प्रत्यासी थिए ।

वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, उपाध्यक्ष (महिला) तर्फत अम्बिका चापागाई महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरवहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवमा वामदेव सुवेदी र सचिव (महिला) तर्फ वेणु काफ्ले निर्वाचित भएका छन् । उपाध्यक्ष (महिला) तर्फत अम्बिका चापागाईंलाई भने चुनिएको थियो । महाधिवेशनमा ४७८ प्रतिनिधि थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया