कार्तिक २५, २०८३ बुधबार November 11, 2026

इरानमा रहेका नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्ने, ५ जना जेलमा – परराष्ट्रमन्त्री

जेलमा रहेका ५ नेपालीको पनि रेस्क्यु सम्भव छ कि भनेर प्रयास गरिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। युद्धको चपेटामा परेको इरानमा अलपत्र परेका नेपाली नागरिकमध्ये ११ जना भोलिसम्म भारत आइपुग्ने भएका छन्। इरानस्थित मदस शहरमा रहेका उनीहरूको उद्धार भारत सरकारले गरिरहेको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले १६ जना नेपालीमध्ये ११ जनाको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन्। उनका अनुसार, ती नागरिक हाल मदसमा सुरक्षित छन् र भारतमार्फत स्वदेश फर्किने तयारीमा छन्।

‘इरानमा रहेका १६ नेपालीमध्ये ११ जना अहिले मदसमा हुनुहुन्छ,’ मन्त्री राणाले भनिन्, ‘भारत सरकारले उद्धार गर्ने प्रतिबद्धता जनाएको छ, र सम्भवत: भोलिसम्म ती सबै भारत आइपुग्नेछन्।’

तर, बाँकी ५ जना भने कानूनी प्रक्रिया अन्तर्गत जेलमा रहेका छन्। उनीहरू गैरकानूनी रूपमा इरान पुगेको बताइएको छ। राणाले उनीहरूलाई पनि उद्धार गर्ने सम्भावनाबारे कूटनीतिक पहल भइरहेको जानकारी दिइन्।

‘जेलमा रहेका नेपालीको पनि रेस्क्यु सम्भव छ कि भनेर प्रयास गरिरहेका छौं,’ उनले थपिन्।

मन्त्री राणाले इरान–इजरायलबीचको पछिल्लो द्वन्द्वलाई गम्भीर रूपमा नियालिएको बताइन्। त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षामा उच्च प्राथमिकता दिइएको र सम्बन्धित देशहरूका नेपाली राजदूतहरूसँग समन्वय भइरहेको उनले बताइन्।

‘इजिप्ट, कतार र पाकिस्तानका राजदूतहरूसँग दैनिक छलफल भइरहेको छ,’ मन्त्री राणाले भनिन्, ‘आवश्यक परेमा थप उद्धार रणनीति बनाउने तयारीमा छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार