श्रावण १४, २०८२ बुधबार July 30, 2025

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयका पदाधिकारीहरू सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सुरक्षासम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई) को सोह्रौँ बैठक असार ९–१० गते भारतको पुणेमा सम्पन्न भएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गर्नुभएको थियो भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गर्नुभएको थियो ।

प्रतिनिधि मण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयका पदाधिकारीहरू सहभागी रहनुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरू उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत कार्य र सैन्य आदानप्रदानबारे फलदायी छलफल गरेका थियो । यसका साथै प्रतिनिधिमण्डलले पारस्परिक रूपमा लाभदायक सहकार्यका सम्भावनाहरू खोज्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादन स्थलहरूको पनि भ्रमण गरेको थियो ।

सन् २००३ मा स्थापित आईएनबिसिजिएसआई भारत र नेपालबीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार