कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह

पछिल्ला दिनमा विद्यालय उचित व्यवस्थापन नहुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षाको अवस्था सुधार्न स्थानीयतहको नेतृत्वदायी पहलकदमी आवश्यक पर्नेमा जोड दिनुभएको छ ।

आज महोत्तरीको औरही नगरसभाको १६औँ नगर परिषद् बैठकमा उहाँले शिक्षा क्षेत्रको बिगँ्रदो अवस्था सुधार्न स्थानीयतहले सङ्कल्प लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“पछिल्ला दिनमा हाम्रो शैक्षिक गुणस्तर केही कमजोर बन्दै गएको छ । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ”, सिंहले भन्नुभयो, “शिक्षामा मधेशको पुरानो साख फर्काउन सबैपक्षको साझा सङ्कल्प आवश्यक पर्छ ।” यसको नेतृत्व स्थानीयतहले लिनुपर्ने उहाँको भनाइ छ ।

केही दशक पहिलेसम्म मधेशका विद्यालय र कलेजको उत्पादन भनिँदा विशेष महत्त्व दिइने गरिएको सम्झँदै मुख्यमन्त्री सिंहले पछिल्ला दिनमा विद्यालय उचित व्यवस्थापन नहुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको बताउनुभयो ।

“अहिले विद्यालयभित्रै लागुपदार्थ दुव्र्यसन फैलिएको सुनिन्छ”, सिंहले चिन्ता व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयको क्षमता विकास गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा औरही नगरप्रमुख प्रदीपकुमार खड्काले आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रमसँगै रु ४५ करोड २७ लाख ७७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गर्नुभयो । कार्यक्रममा नगरप्रमुखसहित स्थानीय जनप्रतिनिधिले मुख्यमन्त्री सिंहलाई अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया