काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रश्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल र आर्थिक विधेयकले प्रश्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा समसमायिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगती सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा वागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरुमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ ।
त्यस्तै ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदा उपर छलफल सम्बन्धमा छलफल हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया