श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री सिंह

आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ११ गते। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा बुधबार आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

उपप्रधानमन्त्री सिंहले नेपालको महिला आन्दोलनकी शीर्ष नेत्री मङ्गलादेवी सिंहले महिलालाई मताधिकारसँगै शिक्षा र सम्पत्तिको हक, नीतिगत तहमा सहभागिताको सुनिश्चिततासँगै महिलाको आर्थिक अधिकारका लागि आवाज उठाएको स्मरण गर्नुभयो।

“देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको योगदान महत्त्वपूर्ण छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो। काठमाडौँ महानगरपालिका–१० बानेश्वरका स्थानीय महिलाको सीप विकास र आयआर्जन वृद्धिका लागि मङ्गलादेवी सिंह फाउन्डेसनले प्रदान गरेको १० दिने अचार बनाउने तालिम का सहभागीलाई उहाँले प्रमाणपत्र वितरण गर्दै सिकेको सीपबाट आयआर्जनका लागि शुभकामना पनि दिनुभयो।

कार्यक्रममा मङ्गलादेवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले फाउन्डेसनले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि विभिन्न स्थानमा सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले उत्पादनसँगै त्यसको बजारीकरणका लागि पनि सहभागीले तालिमको माग गरेको भन्दै त्यसका लागि फाउन्डेसनले कार्यक्रम ल्याउने बताउनुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार