असार २०, २०८२ शुक्रबार July 4, 2025

मनास्लुको फेँदमा फुटबल प्रतियोगिता, उपाधि सामा मनास्लुलाई

प्रतियोगितामा तेस्रो स्थानमा रहेको सफल सामा युथ फुटबल क्लवले रु ३५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा। मनास्लु हिमालको फेँदमा आयोजित सातौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि सामा मनास्लु फुटबल क्लवले जितेको छ ।

प्रोक फुटबल क्लबको आयोजनामा समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री-२ स्यालामा सम्पन्न प्रतियोगिताको आज भएको फाइनलमा ल्हो पेमा सम्भवा ‘ए’लाई १-० गोलअन्तरले हराउँदै सामा मनास्लुले उपाधि जितेको हो ।

बिजेता सामा मनासलु रु एक लाख ३० हजारसहित ट्रफी, पदक र प्रमाण प्राप्त गरेको नुब्री मनास्लु कपका उपाध्यक्ष लाक्पा दोर्जेले बताउनुभयो । उपबिजेता ल्हो पेमा सम्भवा ‘ए’ले रु ६५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो स्थानमा रहेको सफल सामा युथ फुटबल क्लवले रु ३५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको थियो ।

ल्हो पेमा सम्भवा ‘ए’का उर्गेन लामा प्रतियोगिताका उत्कृष्ट खेलाडी हुनुभयो । प्रतियोगितामा छ गोल गर्नुभएका सामा मनासलु फुटबल क्लवका पेमा नोर्बु सर्वाधिक गोलकर्ता बन्नुभयो भने सोही क्लबका पासाङ नोर्कु लामा उत्कृष्ट गोलरक्षक बन्नुभयो । साथै ल्हो पेमा सम्भवा ‘बि’ फेयर टिम बन्दै रु छहजार पुरस्कार प्राप्त ग¥यो ।

महिलातर्फको उपाधि स्याला ‘ए’ले हात पा¥यो । आजै भएको फाइनलमा सामा गर्ल्स एफसीलाई ४-० को फराकिलो गोलअन्तरले हराउँदै स्याला ‘ए’ बिजेता बनेको हो । विजेताले रु १८ हजार र उपविजेताले रु १० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए । बिजेताहरुलाई प्रोक फुटबल क्लबका संस्थापक सोनाम दोर्जे रिम्पोछेले पुरस्कार वितरण गर्नुभयो ।

उत्तरी गोरखा हिमाली भेगका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गर्नुभएको थियो । त्यसयता प्रत्येक वडाले आलोपालो प्रणालीमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्रतियोगिताको आठौँ संस्करण बिही फुटबल क्लवले आयोजना गर्ने भएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार