असार २०, २०८२ शुक्रबार July 4, 2025

नेपालमा फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने

सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ।

आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुने आयोजनले जानकारी दिएको छ।

कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ। बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोट्र्स पार्क उक्त लिग हुनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन्।

लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् । विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको र यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ। लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए।

एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन्। राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ। क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १० देखि १५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ। हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ।

लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ। टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले बताइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार