मेष राशि
तालमेल मिलाएर गरिएको कामबाट सफलता मिल्ने छ । रोकिएको पैसा प्राप्त हुनाले तपाईँको आर्थिक समस्या कम हुनेछ । विद्यार्थिहरुले जागिर सम्बन्धि अन्तर्वार्तामा सफलता पाउने सम्भावना छ । व्यवसाय व्यवसायको दृष्टिकोणले समय उत्कृष्ट छ । वैवाहिक जीवन खुशीयाली रहने छ ।
शुभ रंगः रातो, शुभ अंकः ६
वृष राशि
लामो समयदेखि रोकिएका कामहरू बन्ने छन् । प्रसन्नता प्राप्त हुनेछ । अरूबाट धेरै अपेक्षा नगर्नु होला । व्यापार लाभदायक हुनेछ । प्रयास जारी राख्नु होला ।
शुभ रंगः केशरी, शुभ अंकः ९
मिथुन राशि
जग्गा जमिन अथवा घरको कारोबारबाट ठूलो फाइदा मिल्ने छ । उन्नतिको बाटो खुल्ने छ । रोजगारीको प्रयास सफल हुनेछ । व्यापार राम्रो चल्ने छ । जागिरमा अनुकूलता रहने छ ।
शुभ रंगः रातो, शुभ अंकः ४
कर्कट राशि
सृजनात्मक कार्यमा सफलता मिल्ने छ । पार्टी र पिकनिकको मजा लिन पाइने छ । शत्रुहरू पराजित हुनेछन् । व्यापार ठीकठाक चल्ने छ । लगानीमा हतार नगर्नु होला । महत्वपूर्ण सामानहरू सुरक्षित राख्नु होला ।
शुभ रंगः रातो, शुभ अंकः ८
सिंह राशि
बिना कारण दौडधूप बढ्ने छ । स्वास्थ्यमा ध्यान दिनु होला । महत्त्वपूर्ण कार्यहरूमा बाधा आउन सक्छ । साझेदारसँग मतभेद हुन सक्छ । व्यापार सुस्त हुन सक्छ । आम्दानी यथावत् रहने छ ।
शुभ रंगः नीलो, शुभ अंकः ६
कन्या राशि
सामाजिक कार्यमा रुचि जाग्ने छ । मेहनत अनुसार फल प्राप्त हुनेछ । मान सम्मान प्राप्त हुनेछ । लगानी शुभ रहने छ । व्यापारमा बृद्धि हुनेछ । भाग्यले साथ दिनेछ ।
शुभ रंगः बदामी, शुभ अंकः ३
तुला राशि
पराक्रम र प्रतिष्ठामा वृद्धि हुनेछ । उत्साहजनक खबर प्राप्त हुनेछ । ऐश्वर्यमा खर्च हुनेछ । पुराना साथीहरूसँग भेटघाट हुनेछ । साथीभाइ तथा परिवारसँग राम्रो समय बित्ने छ । व्यापार लाभदायक हुनेछ । लगानी शुभ रहने छ ।
शुभ रंगः सुन्तला, शुभ अंकः ७
वृश्चिक राशि
जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । उपहार तथा सम्मान प्राप्त हुनेछ । यात्रा लाभदायक हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना छ । रोजगारी प्राप्त हुन सक्छ । खुसी प्राप्त हुनेछ । भाग्य साथ दिनेछ ।
शुभ रंगः नीलो, शुभ अंकः २
धनु राशि
महँगो वस्तुहरू सुरक्षित राख्नु होला । यात्रामा केही बिर्सिन सकिन्छ । अनावश्यक खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । लापरवाही नगर्नु होला । बन्न लागेको काम बिग्रिन सक्छ । विवेक प्रयोग गर्नु होला ।
शुभ रंगः पहेँलो, शुभ अंकः २
मकर राशि
डुबेको रकम फिर्ता हुन सक्छ । यात्रा लाभदायक हुनेछ । ठूलो समस्यासँग सामना हुन सक्छ । व्यापारमा वृद्धि हुने सम्भावना छ । जागिरमा शान्ति रहने छ । व्यापारमा बढी ध्यान दिनु पर्नेछ ।
शुभ रंगः केशरी, शुभ अंकः ७
कुम्भ राशि
सामाजिक प्रतिष्ठा बढ्ने छ । योजना सफल हुनेछ । कुनै ठूला समस्याको समाधान एक्कासि हुन सक्छ । प्रसन्नता प्राप्त हुनेछ । बढी प्रयास गर्नु पर्नेछ । जागिरमा अधिकार बढ्ने छ ।
शुभ रंगः केशरी, शुभ अंकः २
मीन राशि
कानुनी सहयोग प्राप्त हुनेछ । लाभमा बृद्धि हुनेछ । रोकिएका काम अघि बढ्नेछन् । तन्त्र(मन्त्रमा रुचि बढ्ने छ । सत्सङ्गको लाभ हुनेछ । सेयर बजारबाट लाभ मिल्नेछ । मान सम्मान मिल्ने छ । व्यापारमा बृद्धि हुनेछ । भाग्यले साथ दिनेछ ।
शुभ रंगः हरियो, शुभ अंकः ८
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया